संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलायो प्रधानसेनापति शर्मालाई



काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलमा बोलाएको छ ।

नेपाली सेनाले अमेरिकाको एसपीपीका लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो । शुक्रबार बिहान ९ बजेका लागि बैठक बस्ने तय भएको छ ।

समिति सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुलाई छलफलमा बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्