अति स्वस्थकर सिस्नु



गरिबको भान्सादेखि पाँचतारे होटलको मेनुसम्म लोकप्रिय छ, सिस्नु । यो जति मिठो छ, त्यति नै स्वस्थ्यकर छ । नेपालमा यो तरकारी परापूर्व कालदेखि नै प्रयोगमा आएको पाइन्छ । 

विदेशमा सुप, तरकारी, चिया, जुस, औषधि आदिका रुपमा सिस्नुको पात तथा जराको प्रयोग हुन्छ । हाम्रो गाउँघर र झाडिमा पाइने सिस्नु मानव जिवनका लागि मात्र नभई जिवजन्तुका लागि पनि बहुउपयोगी रहेको निष्कर्ष विभिन्न अनुसन्धानहरुले निकालेका छन् । 

गाईवस्तुलाई खोले बनाएर पनि खुवाउने गरिन्छ । जसले गर्दा उनीहरु निरोगी हुन्छन् । सिस्नोको फुल र जरा पनि त्यतिकै उपयोगी मानिन्छ । फूल कुखुरालाई खुवाउनाले धेरै अण्डा पार्ने र निरोगी रहने गर्छ । 

सिस्नोको नियमित प्रयोगले मानव स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउँछ । यसमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइबर, फस्फोरस र आइरनजस्ता पोषक तत्व पाइन्छ । 

सिस्नु मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ । गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ । सिस्नोले उच्च रक्त नियन्त्रण गर्न मद्दत गर्छ । 

प्रोस्टेड ग्लान्डर बाथको समस्या कम गर्छ । छाला र कपालका लागि अति नै राम्रो मानिन्छ । कपाल सिल्की बनाउनुका साथै झर्न रोकिन्छ । अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ । 

सिस्नो जति काट्यो उती बढी पलाउने हुनाले खेतीबाट पनि पर्याप्त फाइदा मिल्छ । पिसाब संक्रमण हुनेहरुले पनि सिस्नो खानाले धेरै फाइदा गर्छ । शरीरमा एलर्जी हुनेहरुका लागि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ । 

नयाँ रगत बन्नका लागि पनि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ । नयाँ रगत बन्नको लागि पनि सिस्नोले धेरै भुमिका खेलेको हुन्छ । वृद्धवृद्धामा देखिने विभिन्न समस्या हल गर्छ ।

डिएनए नष्ट हुनबाट बचाउछ । 

सिस्नोको परिकार नियमित खानाले जिउ दुख्ने समस्या समाधान हुन्छ । औषधिका रुपमा विदेश निर्यात गरेर देशको आर्थिक अवस्था उकास्न सकिन्छ । 

कसरी पकाउने ?

राम्रोसँग पखालेर उम्लेको तातो पानीमा हालेर घोटी–घोटी पकाउने परम्परागत चलन हाम्रोमा छ । यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याँख्ला पनि मिसाइन्छ । विदेशी तरिका अनुसार बटरमा प्याज, लसुन, लिक, गाँजर र आलु हालेर सिस्नु पकाइन्छ । ब्लेन्ड गरेर छानिन्छ । अन्तमा नुन, मरिच र क्रिम हालेर नेटल सुप भनी सर्भ गरिन्छ । 

सिस्नुको चिया पनि त्यतिकै फाइदाजनक मानिन्छ । यो ग्रिन टीजस्तै गरेर पिउन सकिन्छ । त्यस्तै, सिस्नोको जुस पनि स्वास्थ्यका लागि अति नै राम्रो हुन्छ । सजिलोका लागि अहिले सिस्नोको पाउडर पनि सुपरमार्केटमा सजिलै पाउन सकिन्छ । 

यसलाई पनि सजिलै सुप या तरकारीको रुपमा खान सकिन्छ । सिस्नोको फुलको पनि सुप बनाउन सकिन्छ । यसलाई भुजा या मकैको च्याँख्लासँग खाँदा मिठो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्