संसदीय समितिमा प्रधानसेनापतिले भने- चिट्ठी लेखिएको हो, तर सैन्य गठबन्धनका लागि होइन



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले भुकम्पको अप्ठ्यारो स्थिति सामान गर्नका लागि अमेरिकासँग मानवीय सहयोगका लागि पत्र लेखेको जनाएका छन। अमेरिकन योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का लागि पत्र लेखेको स्वीकार गर्दै प्रधानसेनापति राणाले सो पत्रमा सैन्य अलायन्स नलेखिएको पनि जनाएका छन । 

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा बोल्दै प्रधानसेनापति राणाले सार्वजनिक भएको १० बुँदे फरम्याट आधिकारिक नभएको पनि जनाएका छन् । ‘अहिले जुन पत्र बाहिर आएको छ , त्यो सत्य हो, चिठी लेखिएको साँचो हो तर चिठी लेख्दैमा सैन्य अलायन्स लेखिएको छैन, म सैन्य अलायन्स हुने भन्ने कुराको बिरोध गर्न चाहन्छु,’ प्रधानसेनापति राणाले भने, ‘यो चिठी किन लेखियो भने त्यो बेला भुकम्प गए पछिको अवस्था थियो, भुकम्पमा काम गर्न अमेरिकाले मानवीय सहायता दिने भनेर लेखिएको हो, सैनिक गठबन्धन गर्ने होइन ।’

०७२ सालको भुकम्पको मानवीय क्षति पछि सहयोगका लागि सो पत्र अमेरिकन सरकारलाई पठाए पनि सैन्य अलायन्सका लागि नभएको प्रधानसेनापति राणाले बैठकमा जानकारी दिएका छन। ‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा चिठी पठाएको हो तर भुकम्पमा मानवीय सहायताबाहेक अरु उद्देश्य थिएन, हैन’ समिति बैठकमा भने । 

तर, हालै सार्वजनिक भएको १० बुदे फरम्याटका बारेमा भने नेपाली सेनालाई कुनै जानकारी नभएको उनको भनाई छ। ‘अहिले १० बुँदे आएको फरम्याट जो बाहिर आएको छ, त्यो भने नेपाली सेनालाई आएको होइन’ शर्माले समिति बैठकमा भने । बैठक जारी छ।
 

प्रतिक्रिया दिनुहोस्