नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य



काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको हो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडीन् । भने रुबिना क्षेत्रीले २१ रन जोड्दा डोली भट्टले ५ रन बनाएकी हुन् ।

सिता मगरले ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे सुन्य रनमा आउट भइन । कविता कुँवर १ रनमा अविजित रहिन् । भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले एक एक विकेट लिएकी हुन् ।

नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई भुटान सहज प्रतिद्वन्दी समेत हो । यता, भुटान पनि नेपाललाई हराएर सुखद सुरुआती गर्ने योजनामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्