सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ? 



काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ।  बिहीबारको  तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो। तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम गरिएको छ। चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्