कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 



कैलाली । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर स्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको सपट्टा–१ का ३७ वर्षीय हिक्मत बहादुर रावल रहेका छन्।

दुर्घटनामा गम्भीर घाईते भएका रावलको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा गएराती ११ बजे मृत्यु भएको हो। सुदुरपश्चिम प्रदेश ०१–०१०–प ९६०३ नम्बरको मोटरसाइकल  गएराती साढे १० बजे दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्