बलात्कार आरोपमा गाउँपालिकाका सदस्य पक्राउ



रोल्पा । बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिकाको वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। रोल्पाका डीएसपी विनोद घिमिरेका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर–६ का सदस्य ३५ वर्षीया मोहन केसीलाई पक्राउ गरिएको हो।

जेठ ३० मा केसीले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। आरोपीमाथि जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्