गोसाईंकुण्ड पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु



रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। गोसाईंकुण्ड गाउँपालिकाको आयोजनामा आजबाट सदरमुकाम धुन्चेमा पालिकास्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो।

प्रतियोगितामा ४ वटा सामुदायिक विद्यालय र २ वटा निजी विद्यालयका छात्रछात्राहरू सहभागी भएका छन्। प्रतियोगिता ३ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ। जसअन्तर्गत एथलेटिक्स, भलिबल, कबड्डीलगायतका खेल खेलाइने छ।

३ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पालिकाभरिका ६ वटा विद्यालयका एक सय ६० जना खेलाडी सहभागी भएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्