बुहारीमाथि बलात्कर गरिरह्यो ससुराले, श्रीमान बन्यो मुकदर्शक



एजेन्सी : भारतको मध्यप्रेदशमा एक महिलामाथि ससुराले बलात्कार गरेको घटना सार्वजिनक भएको छ । पीडित महिलाले ससुरा र श्रीमानविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएकी छन् ।

 

प्रहरीले आरोपी बाबुछोरालाई पक्रउा गरेर अदालतमा पेस गरेको छ । अदालतले उनीहरुलाई थुनामा राख्न आदेश दिएको छ । एएसआई पीएस परमारका अनुसार महिलाले आफ्नो भाईसँगै चौकीमा पुगेर रिपोर्ट दर्ता गराएकी थिइन् । पीडित महिलाले आफू श्रीमानको साथमा एक किसानको खेतिबारी हेर्ने गरेको बताइन् ।

 

पीडित महिलाले सो दिन ससुरा रातमा आफ्नो घर आएको र खाना खाने बताएको पीडित महिलाले बताएकी छन् । त्यसपछि आफ्नो मुख बन्द गरेर रेप गरेको उनले बताइन् । यसै सबै आफ्नो श्रीमानले भने नजिकैबाट हेरिरहेको तर, कुनै प्रतिक्रिया नजनाएको उनले बताइन् ।

 

श्रीमानले सात फेराको कसम खाएको तर, आफूलाई बचाएको उनको भनाई छ । उल्टै यो कुरा कतै भने ज्यान मार्ने धम्की श्रीमानले दिएको उनको भनाई छ । बलात्करपछि पीडितलाई सोही स्थानमा छाडेर बाबु छोरा त्यहाँबाट भागे । 

प्रतिक्रिया दिनुहोस्