सेनाले राजनीतिक नेतृत्वलाई जानकारी नदिइ एसपीपीलाई पत्र लेख्यो : ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुन नेपाली सेनाले राजनीतिक नेतृत्वलाई जानकारी नदिइ एसपीपीलाई पत्र लेखेकाे बताएका छन् ।

सन् २०१५ मा सेनाले एसपीपीमा सहभागी गराउन अमेरिकालाई पत्राचार गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपनि ज्ञवालीले पत्रचार गर्ने बेला राजनीतिक नेतृत्वलाई कुनै जानकारी नदिएको बताएका छन् । ज्ञवलीले सेनलाई पत्रलेखेको कुरा प्रधानमन्त्री र अरु राजनीतिक नेतृत्वलाई जानकारी नदिएको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले २०७२ सालमा नयाँ संविधान बनेर सरकार परिवर्तन हुने वित्तिकैको संक्रमणको अवस्थामा सेनाले राजनीतिक नेतृत्वलाई थाहा नदिई पत्राचार गरेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्