एसपीपीलाई कारण बनाएर गठबन्धन फुटाउने प्रयास हुदैँछ : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनको परिणामपछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएको बताएका छन ।

निर्वाचनमा गठबन्धनले राम्रो नतिजा हात पारेपछि गठबन्धन फुटाउन विभिन्न चलखेल सुरु भएको बताएका हुन् ।

नेपाली कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले भने, स्थानीय निर्वाचनको नतिजाले कांग्रेस पहिलो पार्टी बनेको छ, अब संघ र प्रदेशको निर्वाचनमा पनि ठूलो पार्टी बन्ने निश्चित छ ।

नेता सिंहले अहिले एसपीपीको विषयलाई लिएर कांग्रेसमाथि प्रहार भइरहेको समेत बताएका छन ।

उनले भने, बिपक्षी दलले सत्तामा हुँदा पत्र लेख्ने अनि एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको देखिन्छ ।

उनले कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्ने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्