धादिङको धार्केमा स्थानीयले ट्रकबाटै मल खोसे



काठमाडौं । धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेका छन ।

भन्सार छलेर ल्याएको दुई ट्रक रासायनिक मल राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर दुई जना सशस्त्र प्रहरीको सुरक्षामा काठमाण्डौ लगिरहेको अवस्थामा धादिङको धार्के बजारमा स्थानीयले खोसेका हुन् ।

स्थानीयले दुई वटा ट्रकमा रहेको लगभग ४ सय बोरा मल कब्जा गरेको खानीखोला इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्ण ढुङ्गानाले जानकारी दिएका छन । मल काठमाण्डौतर्फ लैजाँदै गरेको सूचना पाएपछि स्थानीयहरु भेला भएर राजमार्गमै ट्रकबाट मल कब्जा गरेका हुन् ।

सयौँ स्थानीयले ट्रक कब्जा गरेर मल खोस्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरे पनि रोक्न भने सकेन । यसअघि धादिङकै व्यापारीले कालोबजारीमा जथाभाबी मूल्य तोकेर मल बेच्ने र लुकाउने गरेको घटनाबाट किसान हैरान भएका थिए ।

प्रतिक्रिया दिनुहोस्