images

बस भित्रै कम्प्युटरको पढाई, मोबाइल ल्याब बसबाट ६ हजार विद्यार्थीलाई सेवा

एजेन्सी | प्रकाशित: २०७६-४-२१ गते
बस भित्रै कम्प्युटरको पढाई, मोबाइल ल्याब बसबाट ६ हजार विद्यार्थीलाई सेवा

एजेन्सी : भारतको राजस्थानस्थित नागौर जिल्लामा विद्यार्थीमा कम्प्युटर शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यका साथ कम्प्युटर ल्याब भएको अत्याधुनिक मोबाइल बस निर्माण गरिएको छ।

जिल्लाका एक सय विद्यालयमा अध्ययनरत करिब ६ हजार विद्यार्थीले यस बसमार्फत कम्प्युटर शिक्षा लिन सक्ने सूरजमल तापडिया संस्कृत महाविद्यालयका सचिव जुगल किशोर बियानीले बताए।

सूरजमल तापडिया मेमोरियल ट्रष्ट तथा सुप्रिम फाउण्डेशनको संयुक्त पहलमा कम्प्युटर ल्याब मोबाइल बस सेवा शुरु गरिएको हो। उक्त जिल्लाका ११ र १२ औँ कक्षामा अंग्रेजी, विज्ञान तथा कम्प्युटर जस्ता विषयमा विद्यार्थीका लागि ल्याब नभएकाले यस सेवाबाट ती विद्यार्थी लाभान्वित हुने विश्वास लिइएको छ।

लाडनु क्षेत्रमा १ सय ९२ सरकारी विद्यालयहरु रहेका छन्। त्यहाँ एक सय विद्यालयमा ल्याब तथा अन्य आधुनिक संसाधनको अभाव रहेको छ। कम्प्युटर ल्याब मोबाइल बस हरेक दिन तीनवटा विद्यालयमा पुग्ने छ । यसको प्रयोग सफल भएको खण्डमा बसको संख्या थपिने संस्कृत महाविद्यालयका सचिव किशोर बियानीले जानकारी दिए।

उक्त बस निर्माणका लागि ४५ लाख भारतीय रुपैयाँ खर्च भएको बताइएको छ। एसी जडित सुविधायुक्त बसमा २१ वटा कम्प्युटर छन्। बसमा एकपटकमा २१ जना विद्यार्थीले अध्ययन गर्न सक्ने छन्। विद्यार्थीलाई अध्यापन गराउन हरेक विषयको तीन–तीन शिक्षकको पनि व्यवस्था गरिएको छ।

images
images
images
सम्बन्धित समाचार

फेसबुक ठूला सञ्चार माध्यमसँग सम्झौताको तयारीमा

फेसबुक ठूला सञ्चार माध्यमसँग सम्झौताको तयारीमा

एजेन्सी : समाचार सामग्रीहरु पुनः प्रकाशित गर्ने लाइसेन्स प्राप्त गर्नका लागि सोसल मिडिया साइट फेसबुकले विश्वका..

हुवावेले ल्याउँदैछ आफ्नै म्याप

हुवावेले ल्याउँदैछ आफ्नै म्याप

एजेन्सी : चिनिया कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा..

भीभो एस वान नेपाली बजारमा

भीभो एस वान नेपाली बजारमा

काठमाडौं : भिभो नेपालले नयाँ उत्पादन भिभो एस १ नेपाली बजारमा ल्याएको छ। कम्पनीको पहिलो एस सिरिजले ३२ मेगापिक्स..

गूगलको एन्ड्रोइडलाई टक्कर दिने ‘हार्मोनी ओएस’ सार्वजनिक

गूगलको एन्ड्रोइडलाई टक्कर दिने ‘हार्मोनी ओएस’ सार्वजनिक

काठमाडौं : हुवावे टेक्नोलोजीले ‘हार्मोनी ओएस’ नामक अपरेटिङ प्रणाली सार्वजनिक गरेको छ। हुवावले हामो..

जापानले बनायो उड्ने कार, ३ मिटरमाथि उडान भर्दै सफल परीक्षण

जापानले बनायो उड्ने कार, ३ मिटरमाथि उडान भर्दै सफल परीक्षण

एजेन्सी : जापानको इलेक्ट्रोनिक्स कम्पनी एनईसी कर्पले निर्माण गरेको उड्न सक्ने कार पहिलो पटक प्रदर्शन गरिएको छ।..

करोडौँ पटक डाउनलोड भए खतरनाक एपहरु

करोडौँ पटक डाउनलोड भए खतरनाक एपहरु

एजेन्सी : गुगल प्लेस्टोरमा रहेका नक्कली तथा खतरनाक एपहरुविरुद्ध गुगलले लगातार कदम चालिरहेको छ। तथापि यस्ता एपह..