टस जितेर नेपालको ब्याटिङ



काठमाडौं । तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुवाती ब्याटिङ गर्ने निर्णय गरेकी हुन्।

जारी खेलमा नेपालले १० ओभर खेल्दा २ विकेट गुमाएर ३८ रन बनाएको छ। श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ। यदि आइतबारको खेल जिते युगान्डाले श्रृंखला २ खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ।

त्यसैले नेपाल आइतबारको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ। पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा १ विकेटले विजयी भएको थियो। यसपछि २ खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्