एसपीपी सधैंका लागि बन्द गर्न देउवालाई विश्वप्रकाश र गगनको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्रीले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी संधैका लागि बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले एसपीपी मा नेपाल आवद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई भेट गरी उनीहरुले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी सेनाको एसपीपी कार्यक्रममा सहभािगताको विषयलाई लिएर नेपालमा विवाद छ । सरकारले भने एसपीपीमा सहभागी नहुने प्रतिवद्धता जनाएको छ । छलफलका क्रममा पार्टीको आन्तरिक विषयमा समेत छलफल भएकहो बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्