भक्तपुरमा उपत्यकाकै लामो झोलुङ्गे पुल बन्ने



भक्तपुर : भक्तपुरको सूर्य्विनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको १ करोड रुपैयाँको लगानीमा आगामी ७ महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्य्विनायक नगरपालिका–९ नंखेल र वडा नं १० चित्तपोल जोड्ने उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको हो ।

पुलको लम्बाइ २ सय २५ मिटर रहने जनाइएको छ ।यस क्षेत्रबाट सिङ्गो उपत्यका तथा करीब २२ वटा हिमाल हेर्न सकिने भएकाले देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्