भियतनाममा ६ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्य बढाइयो



एजेन्सी । भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ । सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्यवृद्धि भइसकेको अधिकारीहरूले आज मङ्गलवार जानकारी दिएका छन् ।

विश्व बजारमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आफ्नो देशमा पनि मूल्यवृद्धि गर्नुपरेको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार यही जुन महिनाको २१ दिनमा मात्रै पेट्रोलियम पदार्थमा तीन पटक मूल्यवृद्धि भइसकेको छ।

देशको उद्योग तथा व्यापार मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय सम्बन्धित निकायलाई पठाएको छ । देशमा अहिले आन्तरिक मागका लागि पाँचदेखि सात दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ रहेको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

महँगो र अभाव भइरहेको पेट्रोलियम पदार्थको खपत तथा माग घटाउन पनि मूल्यवृद्धि गर्नुपरेको सरकारी अधिकारीहरूको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य अझ बढ्न नदिन सरकारलाई वातावरण संरक्षण कर कटौती गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्