गठबन्धनबाट चाहिनेभन्दा बढी आशा नगरौं : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबाट चाहिनेभन्दा बढी आशा नगर्न आग्रह गरेका छन ।

स्थानीय तहका जनप्रतिनिधिलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले सकेसम्म आफ्नै संगठनको बलमा निर्वाचन जित्नेगरी लाग्न सुझाव दिए ।

‘आगामी प्रदेश र संघको चुनावसम्म गठबन्धन जान्छ । गठबन्धनमा यसअघि हामीले चाहिनेभन्दा बढी आश गर्यौं । त्यति आश नगरौं । भए ठिकै छ । नभए एक्लै भिड्ने हो भन्नेगरी तयारी गर्यौ भने मात्रै गठबन्धन हुन्छ’ प्रचण्डले भने, ‘चुनाव जितिहालिन्छ भनेर रिल्याक्स नगरौ । चुनाव जितिहालिन्छ दुःख किन गर्नुपर्यो रु भनेर गल्ती नगरौं । गठबन्धन भएपनि नभएपनि सम्पूर्ण तागतका साथ अघि बढ्यौ भने मात्रै चुनाव जित्छौ ।’

आगामी साउन १५ गतेसम्म उम्मेदवार टुंगो लगाई सक्नेगरी कोसिस भइरहेको प्रचण्डले बताए ।

‘हाम्रो कोसिस साउन १५ गतेसम्म उम्मेदवारको टुंगो लगाइसक्ने भन्नेछ । किनकि चुनावी तयारीका लागि प्रयाप्त समय होस् । उम्मेदवार छान्दा जित्ने कुरालाई र लोकप्रियतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भयो ।’ अरुभन्दा चुनाव जित्नेलाई बढी प्राथमिकता दिएर टिकट दिनुपर्ने अवस्था आएको प्रचण्डले बताए । हामीले स्थानीय चुनावमा अरु कुरालाई प्राथमिकता दिएर टिकट बाँडियो । परिणाममा हारियो’ प्रचण्डले भने ।

अहिले पनि सत्ताको चाबी माओवादीसँगै भएपनि काँग्रेस वा एमालेसँग मिल्नैपर्ने बाध्यता भएको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्