अब केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुन्छ : खतिवडा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालले अब केही घण्टाभित्रै मन्त्रीहरू हेरफेर हुने बताएका छन् ।

केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार खतिवडाले अब दिन नभई केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुने बताएका हुन् । उनले पार्टीमा मन्त्रीहरूले फिर्ता हुनका लागि विभिन्न शर्त राखेको भन्दै हल्लामात्रै भएको समेत दाबी गरेका छन् ।

उनले पार्टीमा मन्त्री हेरफेरकै विषयलाई लिएर कसैले विद्रोह गर्ने अवस्थासमेत नरहेको उल्लेख गरेका छन् । शुक्रबारदेखि एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दैछ ।

त्यस्तै, शनिबार केन्द्रीय कमिटी र असार १३ र १४ गते केन्द्रीय परिषद् बैठक बस्दैछ । प्रचार विभाग प्रमुख खतिवडाले ती नै बैठकका प्रस्तावहरू तयारीका लागि सचिवालय बैठकमा छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्