ग्यास बुलेटले ठक्कर दिँदा अामाछाेरीकाे मृत्यु



काठमाडौं : धादिङ बेनिघाटस्थित विशालटारमा ग्यास बुलेटको ठक्करबाट हिँडिरहेका आमाछोरीको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा धादिङको बेनिघाट गाउँपालिका–५ का ४० वर्षीया गीता नेपाली र उनकी २१ वर्षीया छोरी सुनिता नेपाली रहेको गजुरीका ट्राफिक प्रहरी जवान नवराज सापकोटाले नेपाल लाइभलाई जानकारी दिए।

 

उनीहरुको मलेखु र गजुरीमा उपचारको क्रममा ज्यान गएको हो। ग्यास बुलेट बोकेर काठमाडौं आउँदै गरेको यूपी ७५ एटी ५२०८ नम्बरको ग्यास बुलेटले आमाछोरीलाई ठक्कर दिएर अनियन्त्रित भई सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्