दक्षिण अफ्रिकाको रात्रि १७ जना मृत भेटिए



एजेन्सी । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक राति क्लबमा १७ जना आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरुको मृत्यु भएको यसको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ, प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले भने । घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताए ।

मृतक सबै १८ देखि २० वर्ष उमेरका छन् । सबै शव टेबलमा भेटिएको हो । मृतकको शरीरमा कुनै घाउ वा चोट लागेको पाइएको छैन् । विषाक्त खानाका कारण उनीहरुको ज्यान गएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्