काठमाडौंमा महानगरमा २० दिनमा ४५ सय बढी गुनासाे



काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा २० भित्रमा ४५ सयभन्दा बढी गुनासाे आएका छन् । महानगरले सञ्चालन गरेको कल सेन्टरमा २० दिनमा ४ हजार ५ सय ३९ गुनासा आएको महानगरले जनाएको छ । २४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा टिपोटयोग्य रहेको महानगरपालिकाले जनाएको छ।

महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाईको प्रगति ट्रयाकिङ र अद्यावधिक सम्बन्धी तालिम दिएको छ। विभाग र वडाबाट तोकिएका अधिकारीहरुलाई सभा गृहस्थित कम्प्युटर ल्यावमा ग्रिभान्सेस रिअड्रेसिङ मेकानिज्यम सफ्टवेयरमा आधारित तालिम दिएको हो।

गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका पनि सिकाइएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्