पदको दुरुपयोग गर्दिनँ : शहरी विकासमन्त्री चौधरी



काठमाडौं । नव नियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले पदको दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले आफ्नो योग्यता, क्षमता अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । छोटो समयका लागि आएको भए पनि धेरै काम गर्नुपर्ने भन्दै उनले आफूले रफ्तारमा काम गर्ने समेत बताए।

उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्