समाजवादीको परिषद् बैठकमा पुगिन् रामकुमारी, अन्य तीनजना गएनन्



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय परिषद् बैठकमा सहभागी हुन निवर्तमान सहरी विकास मन्त्री रामकुमारी झाँक्री पुगेकी छन् ।

कमलादीमा सुरु भएको केन्द्रीय परिषद् बैठकमा सहभागी हुन उनी प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँगै पुगेकी हुन् । तर अहिलेसम्म निवर्तमान मन्त्रीहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा भने अझै बैठकमा पुगेका छैनन् ।

सोमबार मध्यान्ह सुरु केन्द्रीय परिषद् बैठकमा आइतवार मात्रै मन्त्रीबाट फिर्ता गरिएका तीन नेता सहभागी नभएका हुन् । समाजवादीको यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पनि ती मन्त्रीहरु सहभागी भएका थिएनन् ।

आफूहरुले राम्रो काम गरिरहँदा पनि पार्टीले कुबेलामा जवरजस्ती फिर्ता बोलाएको भन्दै उनीहरु असन्तुष्ट रहेका थिए।

प्रतिक्रिया दिनुहोस्