काठमाडौंका सांस्कृतिक सम्पदा पदमार्ग निर्माण गर्ने पर्यटन मन्त्री श्रेष्ठको निर्णय



काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गको निर्माण गरेका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्णय गरेका हुन्।

मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाका पदमार्गको निर्माण सम्बन्धमा अध्ययन गर्ने निर्णय गरेका हुन्। यो वर्षको बजेटमा परेको हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्गको निर्माणको काम पनि अगाडि बढाउने उनले निर्णय गरेका छन्।

त्यस्तै उनले कोभिड–१९ को महामारीबाट पर्यटन क्षेत्रमा परेको असरबारे विभिन्न अध्ययन प्रतिवेदन बनेको र त्यसलाई कार्ययोजनाको रूपमै अगाडि बढाउन समिति गठन गरेका छन्।

उक्त निर्णयमा कार्ययोजना बनाएर ७ दिनभित्र पेस गर्ने भनिएको छ। यस समितिमा निजी क्षेत्रका विज्ञहरू पनि समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्