बालिका करणीको आरोपमा वृद्ध पक्राउ



धनगढी : बालिका करणी गरेको आरोपमा ६८ बर्से वृद्ध पक्राउ परेका छन्। उदयपुर गाईघाट ४ स्थायी घर भएका स्पन्दन राईले धनगढी उपमहानगरपालिका ४ की ५ वर्षीया बालिकालाई करणी गरेका हुन् । 

 

आफन्तको घरमा २२–२३ दिनदेखि बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई ५ वर्षीया बालिकालाई आफू बस्ने घरमा ल्याएका थिए। राईले बलिकाको सुरवाल च्यातेको आमाले देखेर सोधेपछि बालिकाले आमालाई बाजेले जबर्जस्ती गरेकाे बताएकी प्रहरीले जानकारी दिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्