‘प्रहरी हुँ’ भन्दै म्यानपावर एजेन्टसँग रकम असुल्ने पक्राउ



काठमाडौं : ‘प्रहरी हुँ’ भन्दै म्यानपावर एजेन्टसँग रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप एक युवा प्रहरीको फन्दामा परेका छन् । 

 

नक्कली प्रहरी बनि मेनपावर एजेन्ट खुश्बु गुरुङलाई धम्क्याएर एक लाख असुल गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी  ६ घर भई हाल ललितपुरको  चापागाँउ बस्ने दीपेन्द्र अधिकारी भन्ने नारायण बिकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।   

 

वैदेशिक रोजगारीमा लागी मकाउ जान  कृण्ण चौधरीले एजेन्ट गुरुङलाई रकम बुझाएका थिए । तर उनले पठाउन नसकेपछि विकले  गुरुङलाई अाफू महानगरीय प्रहरी अपराध महाशाखाको असई भएको भन्दै गुरुङसँग रकम ठगी गरेका थिए । 

 

उनलाई ललिपुर गोदावरी नगरपालिका वडा न ११ चापागाँउबाट पक्राउ गरी  मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २१ को ठगी सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्