खुल्यो जम्मु-कश्मीर : प्रदर्शनकारी सडकमा, इन्टरनेट र टेलिफोन अझै बन्द



जम्मु कश्मीरमा लागेको कर्फ्यु केही खुकुलो भएसँगै कश्मीरका जनता सडकमा उत्रिएका छन् । 

भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मीरको विशेष अधिकार खोसेको चौथो दिनमै कश्मीरका जनता सडकमा उत्रिएका हुन् ।

विरोध प्रदर्शन

कर्फ्यु केही खुकुलो भएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै हजारौंको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ । यता, प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् भने सुरक्षा फौजको रोक्ने प्रयास जारी छ । प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षा फौजले अश्रु ग्यास र प्लास्टिकको गोली फायर गरेका छन् । 

श्रीनगर के सौरा में हुआ विरोध प्रदर्शन

कर्फ्यु खुकुलो बनाएसँगै विद्यालय तथा पसलहरु खुल्न थालेका छन् । तर, इन्टरनेट तथा टेलिफोन अझै बन्द गरिएका कारण क्षति के कति भयो भन्ने जानकारी नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्