सत्तारुढ दललार्इ कांग्रेसकाे सुझाव : हाम्रीले गरेकाे गल्ती नदाेहाेरियाेस्



 काठमाडौं : प्रमुख विपक्षी कांग्रेसले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई सचेत गराएको छ ।

 

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विपक्षी कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीमाथि महाअभियोग लगाउन खाली कागजमा हस्ताक्षर संकलन गरेको सुनेको बताए ।

 

सरकार सबै फ्रन्टमा असफल भएको भन्दै उनले महाअभियोग जनताको ध्यान मोड्न हो वा रहर हो भनेर प्रश्न गरे । सत्तारुढ दलकै नेताले अदालतले सरकारलाई सहयोग गर्नुपर्‍यो भनेको उल्लेख गर्दै उनले भने, ‘अदालतले सरकारलाई सहयोग गर्ने भनेको हरेक निर्णयमा ठप्पा लगाउँदै जाने हो ? चाहेको के हो ?’ यसो भए अदालत अदालत होइन, अमुक पार्टीको शाखा कार्यालय बन्ने उनले बताए ।

 

महाअभियोग समान्य अवस्थामा प्रयोग गर्ने अस्त्र नभएको भन्दै उनले कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरे । कांग्रेसले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको र जनताले त्यसको दण्ड पनि दिएको भन्दै उनले भने, ‘अहिले तत्कालीन लाभ लिन सकिएला । तर, यसले दुष्परिणाम एउटा पार्टीले मात्र होइन राज्यले व्यहोर्नुपर्छ । त्यसैले कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन सत्तारुढ दललाई आग्रह गर्छु ।’

 

न्यायाधीश जोशीलाई राजनीमा दिए दिनुस्, नदिए महाअभियोग लगाउँछौं भन्नु स्वीकार्य नभएको उनले बताए । महाअभियोग लगाउने वस्तुगत कारण छ भने आउनुपर्छ तर, अहिले त्यस्तो वस्तुगत आधार नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा