पाँचथर पहिराे : १ शव फेला, २ जना अझै बेपत्ता



काठमाडौं । शुक्रबार राति अविरल वर्षासँगैको पहिरोमा परी बेपत्ता रहेका पाँचथरका एकै परिवारका ३ जनामध्ये १ जनाको आज शव फेला परेको छ। पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका थिए।

आज बिहान रुपलालको शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोले घर बगाउँदा बेपत्ता भएका रुपलालकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा मगरको खोजी भइरहेको पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

बेपत्ताहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्