नेपाल शिक्षक महासंघ गाेरखा अध्यक्षामा भट्ट



गोरखा : नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा ध्रुवकुमार भट्ट चयन भएका छन् । जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार राति अबेर सम्पन्न भेलाले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 

भेलाले सहअध्यक्षमा राजन कट्टेल, उपाध्यक्षमा उदयबहादुर भट्ट र उर्मिला विष्ट, सचिवमा श्यामप्रसाद लामिछाने, सहसचिवमा गोपालबाबु मरहठ्ठा, उषा थापा र अनिल कुँवर चयन गरेको नवनिर्वाचित अध्यक्ष भट्टले जानकारी दिए ।  शिक्षक हकहित र अधिकारका लागि साझा आवाज उठाउनका लागि जिल्लामा महासङ्घको गठन भएको नवनिर्वाचित अध्यक्ष भट्टले बताए ।  

शिक्षक युनियनको खारेजीपछि निर्माण गरिएको महासङ्घको जिल्ला नेतृत्वसँगै प्रदेश र सङ्घका प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो । भेला एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्घ, अखिल नेपाल शिक्षक सङ्गठन र विद्यालय कर्मचारी सङ्गठनको आयोजनामा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्