निर्वाचनको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीलाई भेट्दै प्रमुख निर्वाचन आयुक्त



काठमाडौं । निर्वाचन आयोगले सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि औपचारिक मिति प्रस्ताव गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्न लागेको हो ।

आयोगले हिजै समय मागे पनि प्रधानमन्त्रीको कार्यव्यस्तताले आजलाई मात्र समय मिलेको प्रमुख आयुक्त थपलियाले जानकारी दिएका छन् ।

आयोगले आगामी मंसिर २ वा मंसिर ५ गते एकै चरणमा गर्ने गरी चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगसँगको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ ।

२०७४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते गरी दुई चरणमा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्