निर्वाचन आयोगले सरकारसँग माग्यो १० अर्ब निर्वाचन खर्च



काठमाडौं । निर्वाचन आयोगले सरकारसँग १० अर्ब निर्वाचन खर्च मागेको छ । महंगी बढेको भन्दै आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको हो ।

बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो ।

गत स्थानीय तहमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च भएपनि अहिले विभिन्न सामग्रीहरुको महँगी बढेकोले बजेट बढाउन माग गरिएको आयोगका शालिग्राम शर्मा पौड्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्