एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई तत्काल पठाऔं : गुरुङ



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दैं गुरुङले पत्र तत्काल पठाइनुपर्ने बताएका हुन् ।

मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । गृह मन्त्रालयमार्फत यो पत्र परराष्ट्र मन्त्रालयमा पुगेको छ, तर अझै अमेरिकालाई पठाइएको छैन ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने क्रममा संसदले गरेको १२ बुँदे ब्याख्यात्मक घोषणालाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै उनले यसबारे पनि प्रष्ट हुनुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्