काठमाडौं आइपुगे सीपीसी विदेश विभाग प्रमुख लिउ



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन् ।

गत जुनमा विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ। अहिले उनी बत्तीसपुतली स्थित होटल द्वारिकामा बसेका छन् ।

भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन्।

लिउले गत जुन अन्तिम साता माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग अलग अलग भिडिओ वार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्