शेखर कोइराला पक्षका नेताहरुको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको पक्षका नेताहरुको बैठक बस्दैछ । कोइराला पक्षको एकीकृत धारणा बनाउन केन्द्रीय समितिको बैठक अघि छलफल हुन लागेको हो ।

केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ । बैठक बालुवाटारस्थित डा.कोइरालाकोे सम्पर्क कार्यालमा दिउँसो १ बजे बोलाइएको हो ।

सभापति शेरबहादर देउवामाथि पार्टी एकलौटी ढंगले सञ्चालन गरेको, संविधान मिचेको लगायतका आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्