images

जाने हो ? स्कुटर घ्याच्च रोकियो ......

द नेपालटप | प्रकाशित: २०७६-४-२९ गते
जाने हो ? स्कुटर घ्याच्च रोकियो ......

काठमाडौं : संघीय मुलुक नेपालका राजधानीवासी दिउँसो समयमा धुलो, धुँवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन्। फोहोर, धुलो, धुँवा र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भरिएको छ। 

शुक्रबार राति काठमाडौंलाई नियाँल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको छ । निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य ‘जाने हो?’ स्कुटर घ्याच्च रोकियो । उत्ताउलो पहिरनमा सजिएकी एक सुन्दर युवतीको आग्रह थियो त्यो।

जो कोहीलाई पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो । एकछिन बार्गेनिङ भयो र एक ग्राहक तिनै युवतीको स्कुटरमा चढे र लागे ह्याप्पी फ्राइडे मनाउन

रातको १० बजेको छ । ठमेल आसपास धेरै यौनकर्मी महिला र तेस्रो लिंगी सलबलाउन थालिसकेका छन् । युरोप र अमेरिकाको संगत गरेको ठमेल ह्याप्पी फ्राइडेको नशामा डुबेको छ । ठमेलका रात्रिकालीन व्यवसाय मस्त र व्यस्त रूपले चलिरहेछ।

डान्स बार, पव, डिस्को र दोहोरीमा विदेशीभन्दा नेपाली युवायुवतीकै चहलपहल बढी देखिन्छ । झन्डै रातभरजस्तो डान्स बार, पव, डिस्को र दोहोरीभित्र रंगिन संसारमा मस्त बन्ने ठमेल सुस्ताउँदै जाँदा बाहिर अर्को माहोल बनिसक्छ।

रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन उमेर नपुगेकालाई प्रवेश गर्न प्रशासनले रोक लगाएको छ । तर पनि १८ वर्षभन्दा कम उमेरका किशोर किशोरीहरूको आवतजावतसमेत सहजै भइरहेको देखिन्छ।

महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार प्रहरीले कडाइ गरेका कारण उमेर नपुगेकालाई प्रवेश दिने क्रम रोकिएको छ।

प्रहरीले यसबारे जनगुनासो बढेपछि छुट्टै योजना अपरेसन नै चलाएर रात्रिकालीन व्यवसायमा बालबालिकालाई काममा लगाउन नपाइने र यस्ता मनोरञ्जनका नाममा प्रवेशमा कडाइ गरेको थियो । यस्तो भेटिएका व्यवसायीलाई कारबाही हुने तथा किशोर किशोरीलाई नियन्त्रणमा लिई सचेत गराउने तथा अभिभावकको जिम्मा लगाउने गरिएको छ।

प्रहरीले दैनिक रूपमा निगरानी नगर्ने भए तापनि विभिन्न अवस्थामा गरिने चेकजाँचका क्रममा बालबालिकाको प्रवेशमा नियन्त्रण देखिएको एसएसपी लामाको दाबी छ । कानुन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।

रत्नपार्क
‘दाइ जाने हो’
‘कति ?’ १३००, होल नाइटको ५०००
‘रुमको यसैमा!’
रत्नपार्क आसपास राती ९ बजे कानमा ठोकिएको आवाज हो यो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीलगायत रत्नपार्क क्षेत्रमा यसैगरी बार्गेनिङ चलिरहेका छन् अर्थात् जवानीको मोलतोल यसरी नै भइरहेछन्।

यौनकर्मी महिला तथा तेस्रो लिंगीको बिगबिगी छ । कोही नयाँ देख्नेबित्तिकै उनीहरू नजिक पुग्छन् र टाँसिँदै बार्गेनिङ सुरु गरिहाल्छन् । केही असहज जवाफ आउनेबित्तिकै गाली गर्न थाल्छन्।

काठमाडौंको रात्रिकालीन समयलाई लिएर अनेक चर्चा परिचर्चा चल्ने गरेका छन् । विशेषगरी यौनकर्म र अपराधले भरिएको राजधानीको रात्रिकालीन समय पछिल्लो समय मनोरञ्जनको माध्यम बन्न पुगेको छ।

भीआईपीको दबदबा रहेको दरबारमार्ग क्षेत्र, बसपार्क, चाबहिललगायतका स्थानका रात्रिकालीन व्यवसायसमेत अधिकांश नेपाली युवायुवतीले नै धानेको देखिन्छ । मनोरञ्जनको रंगिन दुनियाँमा रमाउँदै गर्दा समाजमा बढेका यस्ता नकारात्मक गतिविधिले राजधानी विकृतिको नमुना सहरका रूपमा विकसित हुँदै गएको छ।

स्कुटीमा सर्भिस
दरबारमार्ग, ठमेलको सञ्चयकोष क्षेत्र, नसिङचोक ज्याठा तथा रत्नपार्क आसपास क्षेत्रमा रातिको समयमा तेस्रो लिंगी तथा यौनकर्मी महिलाको बिगबिगी हुने गरेको छ । एकैछिन फुटपाथ वा त्यस क्षेत्रमा कोही उभिनु मात्रै पर्छ, यस्ता धेरै अफर आइपुग्छन्।

पछिल्लो समय यौनकर्मीहरूले स्कुटी लिएर विभिन्न होटल, अर्पाटमेन्ट र डेरामा पुर्याएर धन्दा चलाउने गरेको देखिएको छ । यौनकर्मीले यसलाई पेसाकै रूपमा प्रयोग गरेका छन् भने अपराधमा समेत संलग्न हुने गरेका कारण र सोही आम्दानीबाट स्कुटीमा सर्भिस दिने अवस्थामा पुगेको प्रहरीको दाबी छ। यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

चितवनमा रहेको राष्ट्रिय वाणिज्य बैंक र लायन्स भवनमा आगलागी

चितवनमा रहेको राष्ट्रिय वाणिज्य बैंक र लायन्स भवनमा आगलागी

चितवन : जिल्लाको वाणिज्य बैंक र लायन्स भवनमा आगलागी भएको छ ।  चितवनको भरतपुरस्थित चौबीसकोठीमा रहेको रा..

भक्तपुरको नगरकोटमा प्रहरी स्थानीयवासीबीच एक घण्टा झडप

भक्तपुरको नगरकोटमा प्रहरी स्थानीयवासीबीच एक घण्टा झडप

भक्तपुर : भक्तपुरको नगरकोटमा प्रहरी र स्थानीवासीबीच झडप भएको छ । नगरकोट क्षेत्रको वन अतिक्रमण गरी बनाइएका घरटहरामा..

सर्पको उद्धारमा जुटेका ‘सापकोटा परिवार’

सर्पको उद्धारमा जुटेका ‘सापकोटा परिवार’

चितवन : चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्धार गर्छन्। उनीहरू सर्प संरक्षणमा क्रियाशील छन्..

होटलको चौथो तलाबाट हामफालेर आत्महत्या

होटलको चौथो तलाबाट हामफालेर आत्महत्या

काठमाडौं : काठमाडौंको एक होटलको चौथो तलाबाट हाम फालेर महिलाले आत्महत्या गरेकी छिन्। राजधानीको सुन्धारामा रह..

चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा रविका पाँच समर्थक पक्राउ

चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा  रविका पाँच समर्थक पक्राउ

चितवन : पत्रकार सालिकराम पुडासैनी हत्या प्रकरण अनुसन्धानकालागि प्रहरी नियन्त्रणमा रहेका न्युज २४ टेलिभिजनका कार्यक्..

करेन्ट लाग्दा सहचालकको मृत्यु

करेन्ट लाग्दा सहचालकको मृत्यु

नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्मा..