ट्विटरले गर्‍याे एलन मस्कविरुद्ध मुद्दा दायर



एजेन्सी । सामाजिक सञ्जाल कम्पनी ट्विटर विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ । ट्विटर किन्ने सम्झौता रद्द गरेसँगै कम्पनीले टेस्लाका प्रमुख कार्यकारी निर्देशक मस्कविरुद्ध अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।

एलन मस्कले गएको शुक्रवार ट्विटर नकिन्ने बताएपछि ट्विटरले अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दायर गरेको हो । ट्विटरका अध्यक्ष ब्रेट टेलरले यसबारे जानकारी दिएका छन ।

गएको अप्रिलमा मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेका थिए । त्यस बेला ट्विटरको प्रतिशेयर ५४ दशमलव २० डलरमा किन्ने सम्झौता भएको थियो । अदालतले मस्कलाई सम्झौता पूरा गर्नुपर्नै आदेश दिनुपर्ने कम्पनीको माग छ ।

तर गएको शुक्रवार एलन मस्कले ट्विटरले ‘स्पाम’र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको बताएका थिए ।

एलन मस्क सम्झौताका लागि सहमत भएपछि टेस्लाको शेयरको साथै शेयर बजार घटेको र टेस्लामा मस्कको हिस्सा घटेको ट्विटरले दायर गरेको मुद्दामा भनिएको छ । एलन मस्कको सम्पत्तिमा नोभेम्बरमा सन् २०२१ को उच्च अङ्कबाट एक सय बिलियन डलर घटेको छ र यही कारण उनी यो सम्झौताबाट बाहिर आउन चाहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्