एकैदिन २ सय बढीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा फेरि कोरोना संक्रमीतको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २ सय ६ पुगेको मन्त्रालयले जनाएको छ । दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्