धादिङमा डेंगीका बिरामी बढे



धादिङ । धादिङ जिल्लामा डेंगीका बिरामी बढ्न थालेका छन्। पछिल्लो एक महिनाको अवधिमा जिल्लामा डेंगीका ४९ बिरामी पहिचान भएका हुन् ।

बिरामी जाँच गराउन आएका मध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनामा डेंगीको संक्रमण पुष्टि भएको हो।

पोथी लामखुट्टेले टोकेर संक्रमण हुने डेंगीको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडा जस्तै, गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ।

धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दहालले लामखुट्टेबाट बच्न तथा ज्वरो आएमा, बान्ता भएमा वा डेंगीका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्