एमबाप्पे विश्वकै मूल्यवान खेलाडी, मेस्सी र रोनाल्डोकाे स्थान कति ?



काठमाडौं : विश्वकै सर्वाधिक मूल्यवान खेलाडीको सूची सार्वजनिक भएको छ। सीआईइएस फुटबल अब्जरभेटरीले हालै मात्र विश्वका १०० जना सर्वाधिक मूल्यवान खेलाडीको सूची सार्वजनिक गरेको हो।

सूचिमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे सर्वाधिक मूल्यवान खेलाडी बनेका छन्। एमबाप्पेले स्टार खेलाडीहरू क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र नेयमारलाई पछि पार्दै शीर्ष स्थान ओगटेका हुन्।

फुटबल अब्जरभेटरीले गरेको अध्ययनअनुसार एमबाप्पेको मूल्य २ सय ५२ मिलियन युरो रहेको छ। सूचीमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी चौथो स्थानमा रहदा पिएसजीका स्टार नेइमार १७ तथा युभेन्टसका स्टार क्रिष्टियानो रोनाल्डो २०औं स्थानमा छन्।

अध्ययनका अनुसार मेस्सीको मूल्य १६४.४ मिलियन युरो, रोनाल्डोको मूल्य ११८.१ मिलियन युरो र नेइमारको मूल्य १२४.७ मिलियन युरो रहेको छ। सूचीको दोस्रो स्थानमा लिभरपुलका मोहम्मद सलाहा छन् भने म्यानचेष्टर सिटीका रहिम स्ट्रलिङ तेस्रो स्थानमा छन्।

सलाहको मूल्य २१९.६ मिलियन युरो छ भने स्टर्लिङको २०७.८ मिलियन युरो छ। यसैगरी चौथो स्थानमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, र १५९.४ मिलियन युरोसहित बोरुसिया डर्टमण्डका जाडोन सान्चो पाँचौं स्थानमा रहेका छन्।

त्यस्तै लिभरपुलका साडियो माने १५७.८ मिलियन युराेसहित छैटौं, टोटेनह्यामका ह्यारी केन १५५.२ मिलियन युराेसहित सातौं, लिभरपुलका रोबर्टो फिर्मिन्हो १४४.२ मिलियन युराेसहित आठौं, बार्सिलोनाका एन्टोइन ग्रिजम्यान १४३.८ मिलियन युराेसहित नवौं र म्यानचेस्टर सिटीका लिरोए साने १३७.१ मिलियन युराेसहित दशौं स्थानमा छन्।

त्यस्तै ११औं स्थानमा सिटीकै बर्नान्डो सिल्भा, १२ औं स्थानमा सिटीकै ग्राबियल जेसस, १३औं स्थानमा लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, १४औं स्थानमा बार्सिलोनाका फिलिप्पे कौटिन्हो र १५औं स्थानमा म्यानचेष्टर युनाइटेडबाट इन्टर मिलान गएका रोमेलु लुकाकु छन्।

यता १६औं स्थानमा युनाइटेका पाउल पोग्बा, १७औं स्थानमा नेइमार, १८औं स्थानमा युनाइटेडका मार्कुस राष्फोर्ड, १९औं स्थानमा रियल मड्रिडका इडेन हाजार्ड  र २०औं स्थानमा युभेन्टस स्टार क्रिष्टियानो रोनाल्डो छन्।

पूरा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्