नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले ३४ जनालाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो।

पहिलो नम्बरमा होमबहादुर थापा बढुवाको सिफारिसमा परेका छन्। दोस्रो नम्बरमा दीपेन्द्रकुमार पाल र तेस्रो नम्बरमा किरणकुमार न्यौपाने बढुवाका लागि सिफारिस भएका छन्।

नेपाल प्रहरीमा ४८ जना डीएसपी रिक्त भएपनि २०७० सालपछि इन्सपेक्टरमा भर्ना भएकालाई बढुवा गरिएको छैन्। २०७० पहिलेकै ५० जना इन्सपेक्टर कार्यरत भएपनि योग्य नभएकाले १४ वटा दरबन्दी रिक्त नै राखिएको प्रहरीले जनाएको छ।

   

प्रतिक्रिया दिनुहोस्