‘विकास राणाको गीत यात्रा’ सम्पन्न



काठमाडौं । व्यवसायी विकास जंगबहादुर राणाको सांगीतिक समारोह ‘विकास राणाको गीत यात्रा’ सम्पन्न भएको छ । बुधबार काठमाडौंको याक एन्ड यती होटलमा संगीतमय समारोह सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको म्युजिक भिडियो विकास राणा अफिसियल युट्युब च्यानलमा सुन्न र हेर्न पाइनेछ । राणा नेपालको उड्डयन क्षेत्रका सुपरिचित र सफल व्यवसायी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्