धनकुटामा १८ किलो गाँजासहित ६ जना पक्राउ



धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ फेदीबाट करिब १८ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तेह्रथुम छथर गाउँपालिका-२ बस्ने ३२ वर्षीय गोविन्द लिम्बु लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्र.१-०२-००१ ख ८७२० नम्बरको बसलाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उक्त बस र चालकलाई समेत आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्