कास्कीमा १३ वर्षीयाबा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ



कास्की । कास्कीमा एक जना १३ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका-१३ बस्ने पर्वत कुश्मा नगरपालिका-६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका-५ लब्लीडाँडामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्