हप्ताको पहिलोदिन घट्यो सुनको भाउ 



काठमाडौं : लगातार बढ्दै गएको सुनको भाउ हप्ताको पहिलो दिन आइतबार  भने घटेको छ । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा झरेको छ । यसैबीच साउन महिनामा मात्रै सुनको भाउ तोलामा ७ हजार रुपैयाँ बढेको छ । महिनाको पहिलो दिन तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता रेकर्ड बनाउँदै महिनाको अन्तिम दिन गएको शुक्रबार तोलाको ७१ हजार ५ सय रुपैयाँ पुगेको हो । 

प्रतिक्रिया दिनुहोस्