थप ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भर्न पाइने



काठमाडौं । निर्वाचन आयोगले काठमाडौंसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ ।

निर्वाचन आयोगले काठमाडौं उपत्यका बाहिर पाँच जिल्लामा मतदाता नामावलीको लागि अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाएसँगै आठ जिल्लाबाट यो सेवा सुरु भएको हो ।

आयोगका अनुसार आजदेखि चितवन, कास्की, मोरङ, काभ्रेपलाञ्चोक र झापामा अनलाइन फारम भर्न सकिन्छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा भने गएको असार २९ गतेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको थियो ।

अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, आवश्यक कागजपत्रसहित फोटो खिच्न र औंठा छापका लागि आयोगको जिल्ला कार्यालयमा जानुपर्दछ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरूले भने फेरि फारम भर्न नपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्