जिससको गोलले मान्यता नपाउँदा सिटी बराबरीमा रोकियो



काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेष्टर सिटी बराबरीमा रोकिएको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी टोटेनह्यामसँग २–२ गोलको बराबरीमा रोकिएको हो।

सिटीका लागि रहिम स्टर्लिङ र सर्जियो अगुइरो तथा टोटेनह्यामका लागि एरिक लामेला र लुकास मौराले एक–एक गोल गरे। सिटीले खेलको २०औं मिनेटमा स्टर्लिङको गोलमा अग्रता लिएको थियो। तर, २३औं मिनेटमा टोटेनह्यामका लामेलाले गोल गर्दै खेल बराबरीमा ल्याए।

यस्तै ३५औं मिनेटमा सर्जियो अगुइरोले गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको थियो। यस्तै खेलको ५६औं मिनेटमा टोटेनह्यामका मौराले गोल गर्दै खेल बराबरीमा ल्याए।

खेलको इन्ज्युरी समयमा सिटीका ग्राबियल जिससले गरेको गोलले मान्यता पाएन। जिससले गोल गरे पनि भीएआरले त्यसलाई अफसाइड भएको जनाएको थियो।  यो बराबरीसँगै सिटीले २ खेलबाट ४ अंक जोडेको छ। सिटी लिगको तेस्रो स्थानमा छ। टोटेनह्यामले पनि २ खेलबाट ४ अंक रहेको छ। टोटेनह्याम तालिकाको पाँचौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्