कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थ उत्खन्नबारे संसद्लाई जानकारी दिन माग



काठमाडौं । राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोलियम पदार्थ उत्खन्न गर्ने कामको जानकारी संसदलाई जानकारी गराउन माग गरेकी छन् । राष्ट्रिय सभा बैठकको सुन्य समयमा बोल्दै उनले पेट्रोलियम पदार्थ उत्खनन गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् ।

त्यस्तै सांसद नरबहादुर बिष्टले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीलाई लखेट्ने काम गरेको भन्दै बिरोध गरेका छन् । उनले व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरुलाई करको दायरामा ल्याएर रोजीरोटीको सरकारले नै सुनिश्चिता गर्नुपर्ने बताएका छन् ।

त्यस्तै सांसद भुवनबहादुर सुनारले देशलाई बेरुजुले आक्रान्त बनाएको बताएका छन् । उनले स्थानीय,प्रदेश र संघीय तीनै तहमा बेरुजु बढ्दै गएपनि सरकारलेबेरुजुलाई व्यवस्थित गर्न सरकार पछाडि परेको बताए ।

सांसद सुरेशकुमार आलेमगरले नेकपा एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्ने बताएका छन् । उनले एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषय रहस्यमय बन्दै गएको बताए । सांसद आलेमगरले नेकपा एमालेको कुनै एउटा विभाग र राष्ट्र बैंकको गभर्नर पदमा बस्न नमिल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्