एकैदिन झण्डै ४ सय जनामा कोरोना पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा झण्डै ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । ३ हजार ९ सय ८१ नमूना परिक्षणमा ३९१ नमूना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ५ सय ६२ नमूनाको पीसीआर र १४१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ३४० र एन्टिजेनबाट ५१ जना गरी कूल ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा कोरोनाबाट कसैको पनि मुत्यु नभएको मन्त्रालयले जनाएको छ । बुधबार थप ४६ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या २ हजार २ सय ७६ रहेको छ।

प्रतिक्रिया दिनुहोस्